७ मंसिर २०८१, शुक्रबार

पर्साको वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी १ जना युवतीको मृत्यु


मृत्यु-निधन

वीरगञ्ज, साउन ९ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमतको आशंका गरिएकी १ जना युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि स्वाब लिएपनि रिपोर्ट आईसकेको छैन ।

आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा आज शुक्रबार अपरान्ह उनको मृत्यु भएको हो । पखाला र जिउ काम्ने भइरहेको उनमा स्वास प्रश्वासमा पनि समस्या रहेको अस्पताल बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !