१२ असार २०८१, बुधबार

विदेशमा कोभिड-१९ बाट १६० जना नेपालीको मृत्यु


मृत्यु

काठमाडौँ, ४ साउन । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका ७ दिनमा कतारमा ८ जना, कुवेतमा ३ जना र संयुक्त अरब इमिरेट्समा ५ जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !