२ फाल्गुन २०८२, शनिबार

झापामा खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु


River_SWimming Bepatta

झापा, श्रावण १। झापाको अर्जुनधारा नगरपालिका-११ बस्ने प्रबिन मुर्मुको ३ बर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजेको समयमा घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !