९ मंसिर २०८१, आइतबार

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन


ज्ञानकुमारी छन्त्याल

काठमाडौं, असार १७ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

मुट सम्बन्धी समस्याबाट पीडित उनको आज बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो । बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

मुटुमा समस्या देखिएपछि संसदको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेकी थिइनन् । उनको गत हप्ताको आइतबार आइतबार मुटुको शल्यक्रिया गरिएको थियो ।

उनी नेपाली कांग्रेसको दशौं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि थिइन् । त्यस्तै २०५९ सालदेखि २०७१ साल माघसम्म उनी नेपाल महिला संघ बागलुङको जिल्ला उपसभापतिको जिम्मेवारीमा थिइन् । उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि थिइन् ।

उनको निधनमा कांग्रेसका शीर्षस्थ नेताहरुले दुःख व्यक्त गरेका छन् । छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको बताइएको छ ।

उनको आज बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नभएको छ । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !