१२ पुस २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो


मृत्यु

४ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कैलाली जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका-४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको आइसियुमा राखेर उपचार भइरहेकामा आज साँझ मृत्यु भएको थियो ।

साथै नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी १ महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका-२ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजका अनुसार मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा उहाँलाई जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचार शुरु गरेर जेठ २ गते दिउँसो उहाँको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६७१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । नेपालमा अहिलेसम्म ७८४८ कोरोना संक्रमितहरुमध्ये ७२२९ जना पुरुषहरु र ६१९ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८६ जना पुगेको छ । कोरोना भाइरस जित्ने ११८६ जनाहरुमध्ये १०७२ जना पुरुषहरु र ११४ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ७८४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६७१ संक्रमित

नेपालमा ११८६ जनाले जिते कोरोना, थप १९ जना घर फर्किए

कैलालीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !