१२ आश्विन २०८१, शनिबार

पूर्वसचिवकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदारले नै हत्या गरेको आशंका


मुना कार्की

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्की निवासमा घाइते अवस्थामा फेला परेकी श्रीमती मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी मुनाको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले आक्रमण गरी आत्महत्या गरेको आशंका गरेको छ ।

चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !