७ पुस, काठमाडौं । काठमाडौंबाट ९९ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जसअनुसार चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ । उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको प्रहरीले जानकारी दिए ।