५ मंसिर २०८१, बुधबार

आलम प्रकरण: अपहरण गरेर बयान फेर्न लगाए


२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेशका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम प्रकरणका प्रत्यक्षदर्शीहरुले दिनदिनै बयान फेर्दै आएको छ सोमबार मात्र अदालतमा पेश भएको कागजातमा बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।

मंगलबार पनि प्रत्यक्षदर्शी चमारले आफूलाई आलमका व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् । आफूलाई अपहरण गरेर आलमका व्यक्तिहरुले चार दिनसम्म भारतमा बन्धक बनाएर एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !