१५ कात्तिक, काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।सीता महराले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।
सीता महराको बयान
२०७६/०६/१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६/०६/१२ गते… निज पीडितको कोठामा गई जबर्जस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ ।
उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा के कता हरायो, थाहा भएन ।