९ आश्विन २०८१, बुधबार

दुई गाई तस्कर पक्राउ


पक्राउ

जलेश्वर, २२ भदौ । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो ।

आज सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा तीन वटा गाईसहित दुवै तस्करलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । तस्करीको गाईसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्सी प्रहरी चौकीमा राखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !