७ आश्विन २०८१, सोमबार

अमेरिकी डलरसहित पक्राउ


पक्राउ

काठमाडौँ, २४ असार । अवैधरुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई आज प्रहरीले पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हातेझोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । उनीहरुका विषयमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

नगद लुटपाट

काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको आज रु ५० हजार लुटपाट भएको छ । अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी फरार भएका प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोङ्गबुबाट नियन्त्रणमा लिएको जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !