१२ असार २०८१, बुधबार

दुई हप्तादेखि बालक बेपत्ता


Nepalpatra

१९ असार, बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ हिल घर भई हाल बागलुङ बजारको धवलागिरिचोकमा आमासँगै बस्दै आएका १३ वर्षीय बालक दुई हप्तादेखि बेपत्ता भएका छन् । ज्याला मजदुरी गर्दै छोराछोरी पढाउँदै बस्दै आएकी मनकुमारी राईले आफ्नो छोराको खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । यही असार ६ गते दिउँसो १० बजेसम्म कोठामै भए पनि कतिबेला बाहिर निस्केको पत्तो नपाएको आमा राईले जानकारी दिनुभयो ।

“कतै खेल्न गएको होला भनेर बसेँ, बेलुका पनि कोठामा नआएपछि प्रहरीलाई जानकारी गराएँ”, बालककी आमाले भन्नुभयो, “दुई हप्ता भयो कतै फेला परेको छैन ।” आकाशे रङको सर्ट तथा जिन्स पाइन्ट लगाएर बेपत्ता भएका राईलार्ई खोजी गर्न उहाँकी आमाले सबैलाई अनुरोध गर्नुभएको छ । राईको जिल्ला प्रहरी कार्यालयमा खोजी गर्नका लागि निवेदन परेसँगै प्रहरीले देशैभरका सबै प्रहरी कार्यालयमा तस्वीरसहित जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । बालक राई बागलुङ बजारस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको कक्षा–८ मा अध्ययनरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !