८ मंसिर २०८१, शनिबार

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या


crimes

५ जेठ, चाड । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ ।

सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताउनुभयो ।

गाउँलेको हत्या रोक्न चाडको सेना समयमै आइनपुगेको बताइएको छ । चाडको उच्च सैनिक नेतृत्वले उक्त गाउँमा सैनिक परिचालन गरिएको र लडाकूहरुको खोजी शुरु गरिसकेको जनाएको छ ।

नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासन व्यवस्थाका लागि आन्दोलनरत बोको हरामका गतिविधिहरु पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुकहरु नाइजर, चाड र क्यामरुनमा पनि बिस्तार भएको छ ।
बोको हराम विरुद्धको कारबाही तिब्र पारिए पनि नाइजेरियामा मात्र २७ हजारको ज्यान गइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !