८ मंसिर २०८१, शनिबार

फरार भएका केसी दुई वर्षपछि पक्राउ


पक्राउ

२२ वैशाख, भक्तपुर । लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरको आदेश विपरीत फरार दोषी दुई वर्षपछि शुक्रबार पक्राउ परेका छन् ।

अदालतले २०७२ साल चैत ७ गते दोषी ठहर गर्दै ११ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला विपरीत फरार सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय इन्द्र केसीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइंले जानकारी दिए ।

दोषी केसीलाई अदालतको आदेशानुसार डिल्लीबजार कारागार चलान गरिएको छ ।

यसैवीच भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको परिसरभित्रबाट सञ्जय घिसिङ र समीर तामाङको मोबाइल लुटेर फरार भएलगत्तै खोजी भइरहेका भक्तपुर नगरपालिका–१० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय साजन सुवाललाई प्रहरीले सूर्यविनायकवाट खुकुरीसहित पक्राउ गरी कारवाही अगाडि बढाएको जानकारी प्रनाउ प्रसाईंले दिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !