११ आश्विन २०८१, शुक्रबार

धादिङवाट २ सय ७८ थान सालको चिरान काठ बरामद


baramt

२८ चैत, काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका वडा नं ८ तिनघरेवाट २ सय ७८ थान सालको चिरान काठ बरामद गरिएको छ ।

अवैध रुपमा संचालित स–मिल (फर्निचर उद्योगवाट) २ सय ७८ थाल (१ सय ८५ क्यु फिट) सालको चिरान काठ जिल्ला वन कार्यालय धादिङले बरामद गरेको हो । फर्निचर उद्योग नजिकै झारपातले छोपेर लुकाएको अवस्थामा सालाक काठपातहरू फेला परेका हुन् ।

फर्निचर उद्योगका संचालक चित्र बहादुर मगर भने फरार भएका छन् । उक्त फर्निचर उद्योग संचालनमा कुनै पनि अनुमति नरहेको जिल्ला वन कार्यालय धादिङले जनाएको छ ।

वनबाट अनुमति नलिई अवैध रुपमा संचालनमा ल्याइएको फर्निचर उद्योगमा विद्युत आपूर्ति नहुने भएपछि संचालक चित्र बहादुरले आफ्नै नाममा खोलेको धान कुट्ने मिलबाट फर्निचर उद्योगमा विद्युत आपूर्ति गराएका छन्।

फर्निचर उद्योग संचालन गर्न जिल्ला वन कार्यलय धादिङबाट अनुमति लिइ कानुनी प्रक्रिया पुरा गनुपर्ने हुन्छ । कार्यालयले सुराकीका आधारमा खोजतलास गर्दै जाँदा अवैध फर्निचर उद्योगमा अवैध काठ फेला पारेको जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले जानकारी दिए ।

पृथ्वी राजमार्गको गल्छीबाट करिव एक घण्टामा पुगीने उक्त ठाउँबाट कसैले पनि सालको रुख काट्नेको लागि अनुमति नलिएको कार्यालयले जनाएको छ । अनुमति नलिएकाले फर्निचर उद्योगमा बरामद भएको सालकको चिरान काठ पनि अवैधानिक रहेको पौडेलले बताए ।

बरामद गरिएको सबै काठ र काठवाट बनाइदै गरेका झ्याल ढोकाहरू पनि नियन्त्रणमा लिइ सेक्टर वन कार्यलय गलौदीमा राखिएको छ ।-नागरिक न्युजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !