२० असार २०८१, बिहिबार

लुटपाट गर्ने आरोपमा दुईजना पक्राउ


crimes

२३ चैत, कोहलपुर । लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

अटो रिक्सा चालकवाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने प्रकाश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले फागुन २९ गते राती कोहलपुर–१२, चप्परगौडीका रा १ ह ११६० नम्बरको अटोरिक्सा चालक भुपेन्द्र शाहीवाट नगद र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

उनका अनुसार आरोपीहरू गोर्खा स्कुलनजिक जाने भन्दै कोहलपुर बसपार्कवाट अटो रिक्सा चढेका थिए ।

‘त्यहाँवाट अझ अगाडि हो भन्दै बैजनाथ–४, नौलापुर गाउँको भित्रीबाटोमा लगेर करिब ९ बजेतिर लुटपाट गरेको देखिन्छ,’ उनले भने, ‘फरार रहेका उनीहरूलाई बिहीबार कोहलपुर बसपार्क गेटअगाडिबाट पक्राउ गर्न सफल भयौँ ।’

यसमा अन्यको पनि संलग्नता हुन सक्ने देखिएकाले थप अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।-नागरिक न्युजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !