१५ असार २०८१, शनिबार

सशस्त्र प्रहरी बलद्वारा सूर्ती र पेट्रोलियम पदार्थ बरामद


बरामत

१८ चैत, भद्रपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सूर्ती र पेट्रोलियम पदार्थ बरामद गरेको छ ।

सीमा सुरक्षा कार्यालय झापावाट खटिएको सशस्त्र प्रहरी टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले जानकारी दिए ।

प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट १०० लिटर डिजेल, ६० लिटर पेट्रोल भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको छ ।

त्यस्तै, मेचीनगर नगरपालिकास्थित ज्यामिरगढी नाकाबाट भारतवाट नेपालतर्फ भन्सार छलेर भित्र्याइएको फर्निचरमा प्रयोग हुने रंगका ड्रम बरामद गरेको छ ।

त्यसैगरी भद्रपुर- ४ स्थित डाँगीबारी–आँपगाछी नाकावाट भन्सार छलेर नेपाल भित्र्याइएको तीन बोरा प्याकेजिङ सूर्ती बरामद गरेको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

बरामद गरी ७० हजार मूल्य बराबरको सूर्ती तथा पेट्रालियम पदार्थ आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ । यो थाहा खबरवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !