१२ असार २०८१, बुधबार

अवैध चाँदीसहित दुई जना पक्राउ


chadi

२८ फागुन, काठमाण्डौ । १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाण्डौको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् ।

उनीहरुको साथवाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !