३ जेष्ठ २०८१, बिहिबार

बलात्कारको आरोपमा एकजना पक्राउ


crimes

२८ फागुन, काठमाण्डौ । बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बालाजु शान्तिटोलकी आठ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा मकवानपुरका ३५ वर्षीय राजकुमार लामा गएराति शान्तिटोलबाटै पक्राउ परेका हुन् ।

आइतबार बालिकाका परिवारले मौखिक उजुरी गरेपछि लामालाई पक्राउ गरेर थुनामा राखेको प्रहरीले जनाएको छ । बलात्कारमा परेकी बालिकालाई उपचारपछि परिवारले आइतबार नैै घर लगेको छ ।

राजकुमार लामालाई जबरजस्ती करणीको आरोप लागेकाले आज मुद्दा दर्ता गर्ने महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !