६ जेष्ठ २०८१, आइतबार

वृद्धभत्ता चोरी गर्ने पक्राउ


पक्राउ

कपिलवस्तु, १८ वैशाख । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको रु १२ हजार चोरी गरी फरार थिए ।

मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !