१३ आश्विन २०८१, आइतबार

झापामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ


पक्राउ

झापा, ९ भदौ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो ।

साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !