३ भाद्र, काठमाडौँ । प्रहरीले म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने घटनाका मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको छ । जातीय हिंसा भड्काउन बल पुर्याउने र राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउनेमध्ये ९ जनालाई पक्राउ गरिएको र थप केहीको पहिचान भइसकेको छ ।