१६ जेष्ठ २०८१, बुधबार

विप्लव समूहका पूर्व सेक्रेटरी भोजपुरवाट पक्राउ


पक्राउ

भोजपुर, २२ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका-८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका-९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ । घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !