१३ बैशाख २०८१, बिहिबार

लकडाउनको बेला काठमाडौंबाट मजदुर लिएर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना


दुर्घटना

१० वैशाख, काठमाडौं । लकडाउनको बेला काठमाडौँमा बस्नुभन्दा आफ्नै घर फर्किनेको संख्या बढिरहेको छ । जसअनुसार काठमाडौंबाट मजदुर लगेर दोलखा जाँदै गरेको बस रामेछाप जिल्लामा दुर्घटना हुँदा झण्डै १ दर्जन घाइते भएका छन् ।

३९ जना सवार यात्रु सवार बा २ ख ६८१८ नम्बरको उक्त बस आज बुधबार बिहान ४ बजे मन्थली नगरपालिका-६ मा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको छ । दुर्घटनाको कारण खुलेको छैन । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !