११ आश्विन २०८१, शुक्रबार

बैतडीमा वडाध्यक्षको मृत्यु


मृत्यु

४ मंसिर, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको आज बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए ।

गएराति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द आज बिहान मृत फेला परेका हुन् । प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !