![आगलागी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/Fire.jpg?fit=758%2C423&ssl=1)
२४ असोज, सर्लाही । सर्लाहीको मलङ्गवामा एक पसलमा आगलागी भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागीवाट रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।
विद्युत् चुहावट भई आज बिहान ५:४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।