१६ असार २०८१, आइतबार

डडेल्धुराको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ घाइते


मृत्यु

डडेल्धुरा, २२ असार । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से२त ३२१७ नंको ट्र्याक्टर आज दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ मध्ये १० जनालाई उपचारका लागि कैलाली लगिएको र बाँकी तीन जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाएको छ । अत्यधिक गतिका कारण ट्र्याक्टर सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !