२१ कार्तिक २०८१, बुधबार

बस दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो


मृत्यु

बैतडी, ६ जेठ । जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको आज उपचारको क्रममा भारतको बरेलीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना हुँदा दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हिराबल्ल भट्ट, उहाँका सहोदर भाइ ५३ वर्षीय लालमणी भट्ट र लालमणिकी श्रीमती ५० वर्षीय नारुली भट्टको घटनास्थमै मृत्यु भएको थियो ।

जीप चालक नवीन भट्ट र कञ्चनपुरको भीमदत्तनगरका राहुल भट्ट घाइते भएका छन् । नवीनको भारतको पिथौरागढमा तथा राहुलको कञ्चनपुरमा उपचार भइरहेको छ । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदा दुर्घटनामा परेका हुन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !