२० कार्तिक २०८१, मंगलबार

करेन्ट लागेर बालिकाको मृत्यु


करेन्ट

१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते हुनुभएको छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !