१३ आश्विन २०८१, आइतबार

टिपर दुर्घटनामा चालकको मृत्यु


दुर्घटना

८ पुस, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिपर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !