२२ भाद्र २०८१, शनिबार

चितवनमा बस र स्कुटर ठोक्किदा एकै परिवारका ३ जनाको मृत्यु


दुर्घटना

चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका-२२ पकौडीमा ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार २ जनाको मृत्यु भएको हो ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना आज भएको हो । उनीहरुको मृत्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !