२ कार्तिक २०८१, शुक्रबार

ट्रकको ठक्करबाट देउखुरीमा ३ जनाको मृत्यु


दुर्घटना

तुलसीपुर, २५ कात्तिक । दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आज राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !