१३ आश्विन २०८१, आइतबार

सुनसरी पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


दुर्घटना

सुनसरी, भाद्र १४ । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ-६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ ।

आज दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आईरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक मेहता गम्भीर घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !