४ जेष्ठ २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु


दुर्घटना

वाग्मती, १२ साउन । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती – ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।

हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !