११ बैशाख २०८१, मंगलबार

चितवनमा कार र ग्यास बुलेट ठोक्किदा आमा र छोराको मृत्यु


चितवनमा कार र ग्यास बुलेट ठोक्किदा आमा र छोराको मृत्यु

चितवन, असार १६ । नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो कार र ग्यास बुलेट सोमबार साँझ एक-आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम र २५ वर्षिय अनुज धिताल रहेका छन । उनीहरु आमाछोरा हुन् । प्रभाको सोमबार साँझ र धितालको आज विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो कार र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एक-आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !