१२ असार २०८१, बुधबार

अज्ञात समूहद्वारा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी


स्काभेटर

कपिलवस्तु २२ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ । आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !