३२ असार २०८२, बुधबार

घुस लिएको आरोप लागेका दोलखाका सिडिओ रिजाल काठमाडौं तानिए


crime

२० कात्तिक, काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । घुस लिएको आरोप लागेका उनलाई गृह मन्त्रालय तानिएको छ ।

रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !