८ बैशाख २०८१, शनिबार

भीआईपी जुवाडे प्रकरणका २५ जनामध्ये २ जनाले मात्र हिरासतमै लगाए भाइटीका


tas

१३ कात्तिक, काठमाडौँ । गत आइतबार पक्राउ परेका २५ जना भीआईपी जुवाडेको यो वर्षको भाइटीका प्रहरी हिरासतमै बितेको छ । काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जनामध्ये २ जनाले आफ्नो दिदीबहिनीको हातबाट हिरासतमै भाइटीका लगाएको र २३ जनाले नलगाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका २५ जनालाई प्रहरीले सोमबार अदालत पुर्याए पनि समय अभावका कारण उनीहरुबारेमा सुनुवाइ हुन नपाएकाले प्रहरी हिरासतमै फर्काइएको थियो । आज उनीहरुको विषयमा पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस हुनेछ र गैरकानुनी देखिए थुनामुक्त हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !