५ आश्विन २०८१, शनिबार

चट्याङले मकवानपुरमा दुई घाइते


चट्याङ

हेटौँडा, २४ जेठ । आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !