४ आश्विन २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


मृत्यु

तौलिहवा, ३० वैशाख । तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !