३ आश्विन २०८१, बिहीबार

प्रहरीद्वारा गाँजाखेती नष्ट


gaja-nasta

रुकुमपूर्व, १८ वैशाख । जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो ।

लागुऔषधका कारण जिल्लाका आपराधिक गतिविधि भइरहेको बेला उक्त स्थानमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक ओमप्रकाश पौडेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !