३ आश्विन २०८१, बिहीबार

जीप दुर्घटनामा पाँच जनाको मृत्यु


मृत्यु

१६ वैशाख, बेझाड । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिनुभयो । निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !