१२ असार २०८१, बुधबार

आगलागीबाट सात लाखको क्षति


आगलागी

१६ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका रहेछन् उहाँले भन्नुभयो, “राति घरमा छिकेकीले आगो दन्केको देखेपछि उनलाई खबर गरेपछि आगो निभाउने प्रयास गरियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आगोमाथि नियन्त्रण कायम गर्न सकियो ।” लुहारको घर पूरै जले पनि आगोमाथि नियन्त्रण गरिँदा छिकेकीका घर भने आगलागीबाट जोगिएका छन् ।

रुखबाट खसेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाइका अन्दाजी ४८ वर्षीय लोकबहादुर देउवाको रुखबाट खसेर आइतबार मृत्यु भएको छ । ग्वासी समैजी सामुदायिक वनमा वन मौरी(भेरी)को मह निकाल्ने क्रममा देउवाको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । राती ८ बजे देउवा रुखबाट खसेका हुन् । शव अहिले सामुदायिक वनमै रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !