१२ पुस २०८१, शुक्रबार

विद्यालय परिसरमा महिलाको शव फेला


crime

२२ माघ, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिनुभयो । सोमबार पनि बेदकोट नगरपालिकाको दैजीमा बेवारिसे शव भेटिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !