१६ आश्विन २०८१, बुधबार

भ्रष्टाचार अभियोगमा मुद्दा दायर


उजुरी

८ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ । सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !