१६ आश्विन २०८१, बुधबार

मुद्दा दायर


उजुरी

३० पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ । केही दिन अघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !