१२ पुस २०८१, शुक्रबार

बेपत्ता महतोको शव फेला


निधन

२५ मङ्सिर, कलैया । कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि सो ब्याट झिक्न कोइरी सोमबार पोखरीमा पस्नु भएको थियो ।

पोखरीको पानी अत्याधिक चिसो भएका कारण सन्तुलन गुमाएपछि उहाँको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोइरी पानीमा डुबेको देखेपछि बालबालिकाले स्थानीयवासीलाई खबर गरेका थिए । सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करीब तीन घण्टा खोजी गरेपनि कोइरीको अवस्था पत्ता लाग्न सकेन । आज बिहान पुनः खोजी गर्दा पोखरीमा कोइरीको शव भेटिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !