१२ असार २०८१, बुधबार

कारले ठक्कर दिँदा बाटो हिँडीरहेका सातजनाको मृत्यु


शव

११ मङ्सिर, बेइजिङ । दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ ।

दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो ।

यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ ।

यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ ।

एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्काे दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ ।

मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन ।

प्रहरीले विज्ञप्ति प्रकाशन गरेर उक्त घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाएको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !