१६ आश्विन २०८१, बुधबार

बस दुर्घटनामा २५ जना घाइते


durghatana

११ मङ्सिर, धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !