![crime](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/crime.jpg?fit=773%2C450&ssl=1)
११ मङ्सिर, दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।
ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ । (रासस)